बालबालिकालाई शैक्षिक समाग्री बितरण

 संवाददाता    २७ माघ २०७५, आईतवार १३:४९     94 जनाले पढ़िसके


किशोर कुमार  मंडल जनकपुर माघ २७ । धनुषाको  गंगुली  स्थित  दास    टोलमा जनकल्याण एकल प्रतिष्ठानका बालबालिकाहरुलाई एक कार्यक्रमका बिच शैक्षिक समाग्री वितरण गरिएको छ । महिला डेभलपमेन्ट धनुषाद्वारा ३० जना बालबालिकाहरुलाई कपी , पेन्सिल , रबर , कटर सहितका शैक्षिक समाग्री वितरण गरिएको हो । गरिब विपन्न परिवारका बालबालिकालाई शैक्षिक समाग्री वितरण गरिएको महिला डेभलपमेन्ट धनुषाकी अध्यक्ष बिजेता झाले जनाएकी छिन । कार्यक्रममा सयौंको संख्यामा स्थानीयहरुको सहभागिता रहेको थियो । महिला डेभलपमेन्ट धनुषाले यस अघि विभिन्न स्थानमा विद्यार्थीहरुलाई शैक्षिक समाग्री , लता कपडा वितरण गरेका थिए । आगामी दिनहरुमा पनि गरिब असहाय परिवारलाई सहयोग गरिने अध्यक्ष झाले बताईन ।