लहानबाट लागूऔषध सहित २ युवक प्रहरीको फन्दामा

 संवाददाता    २७ माघ २०७५, आईतवार १४:३१     240 जनाले पढ़िसके


माघ २७ । सिरहाको लहानबाट प्रतिबन्धित लागूऔषध  सहित  २  जना  पक्राउ  परेका  छन् ।पक्राउ पर्नेहरुमा जिल्ला उदयपुर    त्रियुगा नगरपालिका ७ का २७ वर्षीय आशिष सिलवाल र जिल्ला सिरहा लहान नगरपालिका ३ का २५ वर्षीय राम बाबु शर्मा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका  अनुसार लहान नगरपालिका  ३  स्थित  पूर्व  बसपार्कमा  चेकजाँचको  क्रममा  सिलवालले  प्लाष्टिकको  झोलामा बोकेको प्रतिबन्धित लागूऔषध फेनारगन ९ एम्पुल, डाईजिल्याव ९ एम्पुल र नोर्फीन ८ एम्पुल फेला पारी पक्राउ गरीएको हो । यस्तै शर्मालाई उक्त कार्यमा संलग्न रहेकोले आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।