ओलीदेखि असन्तुष्ट प्रचण्डले मधेशको पक्षमा गरे यस्तो घोषणा, कम्युनिष्ट सरकारमा हलचल!

 संवाददाता    २८ माघ २०७५, सोमबार १८:०४     160 जनाले पढ़िसके


माघ २८ ।प्रधानमन्त्री केपी ओली पछिल्लो रवैयादेखि असन्तुष्ट  नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशको पक्षमा रहेर मधेशीहरुमाथि राज्यले गरिरहेको विभेदको विरुद्ध लड्ने घोषणा गरेका छन्। पूर्वप्रधानमन्त्री समेत प्रचण्डले मधेसको नागरिकता समस्या सदाका लागि अन्त्य हुने घोषणा गरेका हुन्।

‘मंगलबार सिरहाको अर्नमा गाउँपालिका –१ महनौरमा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै दहालले भने,‘ नागरिकता विधेयक संसदमा पेश भएर समितिमा छलफलको क्रममा छ, र यसले निकट भविष्यमा मधेसकै पक्षमा नागरिकता विधेयक ल्याएउने छ।’

मधेसी जनताको हकहित र अधिकारका पक्षमा आफूले निरन्तर पहलकदमी लिँदै आएको उनले प्रस्ट पारे। उनले मधेसको विकास गरेर मात्रै मधेसी जनताको माग सम्बोधन गर्न सकिने बताए। स्रोतका अनुसार प्रचण्डको यस्तो अभिब्यक्तिले ओली नेतृत्वको सरकारलाई असहज महसुुस भएको छ।