उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री यादवकी बुहारी मनिषाको निधन

 संवाददाता    २९ माघ २०७५, मंगलवार १४:००     60 जनाले पढ़िसके


काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवकी बुहारी मनिषाको क्यानसरले निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित मनिषाकाे भक्तपुर क्यान्सर अस्पतालमा उपचारकै क्रममा मंगलबार निधन भएको हो ।

मनिषाको पार्थिव शरीरलाई मंगलबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

संघीय समाजवादी फोरमका अध्यक्ष यादवका छोरा अमरेन्द्रले समाजिक संजालमा लेखेका छन् ‘छ्टपटि बाहिर देखाउन नमिल्ने निकै तीतो अनुभव झेलेको जीवनमा महशुस गर्दै छु, यति कमजोर त म अवश्य होइन जस्तो लाग्थ्यो आखिर को रहेछु त म जीवनमा पुनः त्यही छण ।’

मनिषालाई ६ दिनअघि  क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । सप्तरी बथनाह १ का शशीकुमार र शोभा यादवकी छोरी मनिषा र अमरेन्द्र २०७२ वैशाख २९ गते वैवाहिक जीवनमा बाँधिएका थिए । मनिषाकी २ वर्षकी छोरी छन् ।