विदेह नगरपालिकामा निःशुल्क लोक सेवा आयोग तयारी कक्षा सञ्चालन

 संवाददाता    २ फाल्गुन २०७५, बिहीबार ०५:४८     169 जनाले पढ़िसके


धनुषा, फागुन २ गते ।
सरकारी जागिरमा सहज पहुँचका लागि जनयुद्ध दिवसको अवसरमा धनुषाको विदेह नगरपालिकाले बुधवार निःशुल्क लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गरेको छ ।
कक्षा उद्घाटन गर्दै नगर प्रमुख बेचन दासले सरकारी सेवामा गरिब, दलित र अवसरबाट बञ्चित बिद्यार्थीलाई निकै उपयोगि हुने बताउनु भयो ।
सरकारी जागिर गर्न आम नेपालीको इच्छा र चाहना भए पनि लोक सेवा आयोगको परिक्षामा सजिलै पास हुन अप्ठ्यारो भएकाले बिद्यार्थीहरुको माग र चाहनालाई मध्य नजर गर्दै कक्षा सञ्चान गरेको उल्लेख गर्नु भयो ।
कक्षामा सहभागि बिद्यार्थीहरु मध्येबाट लोक सेवा आयोगको परिक्षा पास हुनेलाई नगरपालिकाका तर्फबाट थप पच्चिस हजार रुपैयाँ नगद र दोसल्ला ओढाएर सम्मान गरिने बताउनु भयो ।
डेढ महिना सम्म कक्षा चल्ने र त्यसकालागि काठमाडौं बिभिन्न इन्टिस्च्यूटमा अध्यापन गराउने ख्याति कमाएका लखन दास, केवल कुमार दास, देव शरण महरा लगायतका आधा दर्जन प्रशिक्षक रहने नगरपालिकाका योजना अधिकृत बसन्त मण्डल ले जानकारी गराउनु भयो ।
कक्षाको उद्घाटन विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले दिप प्रज्वलन गरी गरेका छन् ।
वडा कार्यालयको उद्घाटन
विदेह नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय नगर प्रमुख दासले रिवन काटेर उद्घाटन गर्नु भएको छ । वडा अध्यक्ष जय राम मण्डलको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नगर उप प्रमुख निलम देबी मण्डल, वडा अध्यक्ष राज किशोर मण्डल, बिनोद गोहितमान लगायत नगर कार्यपलिका सदस्यहरुको उपस्थिती रहेको थियो ।