‘मसँग भिजन छ, मिशन छ र ताकत पनि छ’ : मेयर बरबरिया

 संवाददाता    १४ फाल्गुन २०७५, मंगलवार १४:२२     60 जनाले पढ़िसके


 मुलुककै कान्छो मेयर भनेर चिनिएका धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले जनताको भावना बमोजिमको विकास गर्नबाट कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् ।

दोस्रो नगरसभाको क्रममा मेयर बरबरिया उपर नगर सभा रद्द गरी कार्यसँचालनमा निषेधाज्ञा जारी गरी पाउँ भनेर अदालतमा दिएको रिट नै खारेज भएपछि जनभावनालाई कदर नगर्ने जनप्रतिनीधिलाई जनतालाई नियालिरहेको बताए । नगरको विकासको बाटोलाई रोक्ने प्रयास गरेका केही अराजक तत्वहरुको आफैँ ठेगान लागेको बताए ।

कुराकानी गर्दै मेयर बरबरियाले भने, – “दोस्रो नगरसभा सम्पन्न गर्नको लागि मसँग दुई तिहाई बहुमतको शक्ति थियो । कार्यपालिकाका केही सदस्यहरुले कसैको उक्साहटमा सम्पन्न गरिएको नगरसभाको आगामी काम कारवाहीको बाटो निषेध गर्नको लागि उच्च अदालत जनकपुरमा रिट दायर गरेको थियो । तर हामीसँग पूर्ण प्रमाण र बहुमतको शक्ति थियो जसको कारण उच्च अदालतले त्यो रिट आईतबार खारेज गरिदिएका छन् । शहिदनगरको विकासको बाटो छेक्न त्यतिको सजिलो छैन । राजनिति आफ्नो ठाउँमा छ र भिजन, मिसन आफ्नो ठाउँमा छ । म जनताको हकहित बाहेक त्यस्तो कुनै पनि कार्य गर्नेछैन । यसमा ढुक्क हुनुस् ।” 

केही दिन अघि मात्र सम्पन्न गरिएको नगरसभाको विरोध गर्दै केही जनप्रतिनीधि तथा कार्यपालिका सदस्यहरुले मेयर बरबरिया आफूखुसी नगर सभा सम्पन्न गरेको भन्दै आरोप लगाउँदै अदालतमा त्यो नगर सभा खारेजीको रिट गरेको थियो । नगरसभा खारेजीको रिट उपर सुनुवाई नगर्दै अदालतले रिट खारेज गरिदिएपछि विकास तथा नगरको नियमित कार्यसँचालनको बाटो खुल्न गएको हो ।

उनले भने, – “म सँग भिजन पनि छ र मिशन पनि छ । जो व्यक्ति वा नेतृत्वको भिजन नै छैन, जनताको भावनालाई कदर नै गर्न जान्या छैन, उसले नगर विकासको बारेमा किन सोच्छन् त ? मैले नगर विकासको बिडा उठाएको छु, नगरका जनता, जनप्रतिनीधिको बलियो शक्ति छ । वास्तवमा उनीहरु बीना म एक फयूजलेस चिम छु । उनीहरुको साथले नगरको जनताको भलो चित्ताउन अग्रसर भएको छु । यस्तो घडीमा मलाई प्रत्यक्ष वा परोक्ष रुपमा साथ दिन सम्पूर्ण जनप्रतिनीधिलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

कुनै राजनीतिक दलको हिसाबले नगर विकासको काम कारवाहीलाई प्रभावित गर्न खोजेको ती तत्वहरु समेत एकदिन जनभावनालाई बुझने जिकीर गर्दै सबै जनप्रतिनीधि जनताको नोकर भएकोले जनताको हित विपरित कुनै पनि कदम सार्थक नहुने औल्याएँ ।

बहुमतले पारित गरिएको दोस्रो नगरसभा विरुद्ध परेको रिट अदालतले खारेज गरिदिएपछि उनले खुसी व्यक्त गरे । उनले बहुमत शक्तिको जीत र जनताको जीत भएको बताए । साभार :न्यूज ब्यूरो