पश्चिमा मुलुकको प्रभावमा देशमा धर्मनिरपेक्षता : अध्यक्ष थापा

 संवाददाता    १८ फाल्गुन २०७५, शनिबार १५:२८     143 जनाले पढ़िसके


राम नारायण पंडित/मुकेश यादव, सिरहा, १८ फाल्गुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन हिन्दु राष्ट्र स्थापनाका लागि चैत्र महिनादेखि सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । पार्टीको मेची– महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा आज (शनिबार) सिरहाको मिर्चैयामा  आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले चैत्र महिनादेखि हुने सडक संघर्षबाटै हिन्दू राष्ट्र स्थापना गर्ने दाबी गरेका छन् ।
52876827_2274126432857229_730616229592563712_n
उनले सनातन धर्महरु खतरामा रहेकोले धर्म निरपेक्षता खारेजी गरी हिन्दु राष्ट्र घोषणा हुनुपर्ने माग गरेका छन् । नेपालमा पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्रको स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, गरिबी र बेरोजगारी समस्याको समाधान लगायतका विषयमा जनतालाई जागृत तुल्याउन र सरकारलाई ध्यानाकर्षण गराउँदै सशक्त रुपमा जनवाद सृजना गर्ने उद्देश्यका साथ राष्ट्रिय स्वभिमान यात्रा सुरु गरेको अध्यक्ष थापाले बताए ।
52942935_1101249866713532_4980732320286769152_n
संसदमा आफ्नो पार्टीको बहुमत नरहेकाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने भन्दै उनले आफ्नो पार्टीको संघर्षमा सहयोग गर्न सबैसँग आग्रह समेत गरे । मुलुकमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयताका विषयमा राष्ट्रिय जनमतसंग्रह गर्नुपर्ने लगायतका २२ बुँदे माग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको उल्लेख गर्दै अध्यक्ष थापाले फागुन मसान्तसम्म स्वाभिमान यात्रा मार्फत दबाब सृजना गरेपनि माग पूरा नभए चैतदेखि देशव्यापी सडक सघर्षमा उत्रने चेतावनी दिए । उनले २०४७ सालयता सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न तथा वाइडबडी विमान प्रकरण र एनेसल करका विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न माग समेत गरे ।
52951131_348821459055878_5427326683331952640_n
१२ बर्षअघि परिवर्तनका नाममा भएका गतिबिधीले जनताको भावनालाई सम्बोधन गर्न नसकेको आरोप लगाउदै उनले राजसंस्था सहितको हिन्दु राज्य स्थापना भएपछि मुलुकमा जनताले परिवर्तनको आभास गर्ने दाबी समेत गरेका छन् । मधेशी जनताको पहिचान र स्वाभिमानका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको चर्चा गर्नुहुँदै अध्यक्ष थापाले मधेश र मधेशीको पक्षमा आफ्नो पार्टीको स्पष्ट बिचार रहेको बताए । मधेशबादी दलले संविधान संसोधन बिना नै सरकारमा सहभागि भएको चर्चा गर्दै उनले आफ्नो पार्टी  सरकारमा जान मरिमेटि नगर्ने स्पष्ट गरे । सरकार बाहिरै रहेर राम्रो काम गरिरहेको भन्दै अध्यक्ष थापाले पश्चिमा मुलुकको प्रभाबमा परी देशमा धर्मनिरपेक्षता लादिएको समेत आरोप लगाए ।
53309061_267423310877064_5787979626957504512_n
ताप्लेजुङबाट गत बुधवारदेखि शुरु भएको राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज सिरहाको लहान, गोलबजार, चोहर्वा, सिरहा सदरमुकाम, कल्याणपुर र मिर्चैया हुँदै धनुषा प्रस्थान गरेका छन् ।
53052506_407090400045943_4430870094289043456_n

53050789_2275592182730069_6337799715031089152_n