प्रदेश २ मा एसइई परीक्षा २१ गतेसम्मको लागि स्थगित

 संवाददाता    १५ चैत्र २०७५, शुक्रबार १८:१८     1059 जनाले पढ़िसके


काठमाडौं, चैत १५ गते ।
संघीय सरकारले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेको छ । प्रदेश २ का सामाजिक विकास मन्त्रीको अनुरोधलाई ध्यानमा राखेर प्रदेश २ मा चैत २१ चैतसम्मका लागि सबै परीक्षा स्थगित गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले यस्तो जनकारी गराएका हुन् ।
प्रदेश २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न भनेको हो ।

परीक्षा तालिका पछि प्रकाशित हुनेछ ।
भइसकेको परीक्षा भने रद्द नहुने मन्त्री पोखरेलले बताए । २२ गते तोकिएको विज्ञान विषयको परीक्षा पनि सञ्चालन हुनेछ । अन्य प्रदेशमा भने परीक्षा नियमित रहने जनाउको छ ।

शिक्षा तथा विज्ञा प्रविधि मन्त्रालयले विज्ञप्ती जारी गरेर पनि प्रदेश २ को परक्षा तत्कालका लागि स्थगित भएको जनाएको छ ।