राज्यमन्त्री मण्डल डोम समुदायकी एक छोरीको विवाह खर्च तिरे, गरे जन्तीको स्वागत

 संवाददाता    ११ बैशाख २०७६, बुधबार ०६:४१     200 जनाले पढ़िसके


नरेश बरबरिया –
सिरहा वैशाख ११ गते ।

प्रदेश २ का उद्योग पर्यटन, वन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डलले डुम समुदायका एक छोरीको विवाहको सम्पूर्ण खर्च आफैले तिरेका छन् । सिरहको कल्याणपुर नगरपालिका ३ प्रसाही गाउँका कुशे मल्लिक डुमकी छोरी राधा मल्लिकको विवाह आफ्नै खर्चमा राज्यमन्त्री मण्डलले गराइदिएका हुन् ।
घरपरिवारको आर्थिक अवस्था अत्यन्त दयनीय भएकाले राज्यमन्त्री मण्डल स्वयम अविभावक बनेर समेत जन्तीहरुलाई स्वागत गरेका छन् ।

मधेसमा अहिले पनि छुवाछूत कायमै रहेकाले यसलाई जरैदेखि उलेख्न आफुले यस्तो भूमिका निर्वाह गरेको उनले बताए । राज्यमन्त्री मण्डलले वैबाहिक कार्यमा सरिक भई वरबधुलाई आशिर्वाद समेत प्रदान गरेका छन् ।