आजै तेस्रो पटक भुकम्प धादिङको नौबिसे केन्द्रबिन्दु भएर गयो

 संवाददाता    ११ बैशाख २०७६, बुधबार १०:५१     29 जनाले पढ़िसके


नरेश बरबरिया
काठमाडौं,  वैशाख ११ गते ।
 धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार तेस्रो परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार आज बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो ।

बुधबार बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको गरी ११ मिनेटभित्र दुईवटा परकम्प गएका थिए ।

परकम्पको धक्का धादिङसहित उपत्यकामा पनि महसुस गरिएको थियो । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा परकम्पहरु जान रोकिएका छन् ।