पुस्तक खरिद बिक्रिमा ब्रहम्लुट, बिद्यार्थी र अभिभावक चरम मारमा

 संवाददाता    १४ बैशाख २०७६, शनिबार ०४:१९     181 जनाले पढ़िसके


मनोज बनैता, लाहान, १४ बैशाख ।

पुस्तक खरिद बिक्रीमा व्यापक लुट भईरहेको जानकारी प्राप्त भएको छ ।  निजी विद्यालय र  पाठ्यपुस्तक बिक्रेताले लाहान लगायत सिरहा जिल्लाभरी ब्रह्मलुट गर्दैछन् जसकारण निजी विद्यालयका विद्यार्थी तथा अभिभावक मारमा परेका छन् ।

    निजि बिधालय र पुस्तक पसलहरुले साँठगाँठ गरि मोटो रकमको चलखेल गरेको जानकारी प्राप्त भएको छ । बिधालय ले तोकेको पसलमा मात्र अभिभावकलाई  पुस्तक खरीद गर्न बाध्य पार्दैछन् ।

ती तोकिएका पसलबाट पुस्तक खरीद गर्दा एक रुपैयाँ पनि छुट दिनेगरेको छैन जसकारण लाहानका अधिकांश विद्यार्थी र अभिभावक आक्रोसित भएका छन् ।

विभिन्न पुस्तक प्रकाशन गृहले व्यवसायीलाई ४० देखि ५० प्रतिशतसम्म कमिशन दिएपनि पसले ले विद्यार्थीहरुलाई एक रुपैयाँसम्म छुट नदिएर ब्रह्मलुट मच्चाइरहेको र स्थानीय प्रशासन मुकदर्शक बनेका छन् ।

    पुस्तकमा पाईने मोटो कमिशन पुस्तक व्यवसायी र निजि बिधालयका संस्थापकले बाँडफाँड गर्ने गरेकोले स्थानीय विद्यार्थी र अभिभावकले अविलम्ब यस्तो कार्य रोक्नुपर्ने माग गरेका छन् ।