१५ दिने मिथिला पेन्टिंग तालिम शुरु

 संवाददाता    १५ बैशाख २०७६, आईतवार १३:५२     50 जनाले पढ़िसके


9राहुल कुमार सिंह  बैशाख १५ धनुषाको गंगुलीमा आईतवारदेखि १५ दिने मिथिला पेन्टिंग तालिम शुरु भएको छ । मैथिली महिला कला केन्द्र जनकपुरको आयोजना र जिल्ला पुर्वाधार विकास कार्यालय धनुषाको सहयोगमा शुरु भएको सो १५ दिने मिथिला पेन्टिंग तालिममा ३० जना महिलाको सहभागिता रहेको छ । मैथिली महिला कला केन्द्र जनकपुरका अध्यक्ष मिनु झाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं. २ का संसदीय दलका नेता रामसरोज यादवको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. २ का संसदीय दलका नेता रामसरोज यादवले महिलाको विकास नभएसम्म देश विकास नहुने भएकाले महिलाहरुलाई सिपयुतm बनाउन आग्रह गरे । तालिमले महिलाहरुलाई आत्म निर्भर बनाउने भएकोले तालिमको सदुपयोग गर्न उनले आग्रह गरे । आगामी दिनमा समेत आफु महिलाहरुका लागि यस्ता तालिमहरुलाई ग्राहयताका साथ अगाडि बढाउने बताए । उनले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरेका छन । कार्यक्रममा नगराईन नगरपालिकाकी उपप्रमुख मंजुदेवी साह , नगराईन नगरपालिका वडा नं. ५ का वडाध्यक्ष विषणुदेव झा , वडा सदस्य राजकुमारी देवी , नेपाल प्रेस युनियन धनुषाका सदस्य किशोर कुमार मंडल , पत्रकार ओमप्रकाश साह सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।