सलमानको उमेरले झस्किइन् दिशा

 संवाददाता    १५ जेष्ठ २०७६, बुधबार १४:२७     190 जनाले पढ़िसके


जेष्ठ १५ । बलिउड अभिनेत्री दिशा पटानीले ‘भारत’ फिल्ममा पहिलोपटक सलमान खानसँग काम गरिन् । यो मौका पाएकोमा खुसी पनि निकै भइन् ।तर उनी अब सलमानसँग अर्को कुनै फिल्ममा सँगै नदेखिन सक्छिन् । उनी आफैंले एक अन्तर्वार्तामा यस्तो बताएकी हुन् ।‘निर्देशक अली अब्बासले मलाई भनेका थिए कि यो फिल्ममा मेरो रोल स्पेसल अपिरियन्सभन्दा ज्यादा हुनेछ । मैले स्विकारी पनि हालेँ किनकि यो रोल सलमान खानसँग थियो । मलाई लाग्यो– फेरि सलमानसँग काम गर्न पाउँछु/पाउँदिनँ । अली सरले पनि स्क्रिप्ट सुनाउँदै मलाई यसै भन्नुभएको थियो ।

दिशालाई सलमानसँग फेरि काम गर्न पाउँदिनँ भन्ने किन लाग्यो त ? यसमा उनले आफूहरूबीचको ‘एज ग्याप’लाई कारण औैल्याइन् । भनिन्– ‘मेरो र सलमानको उमेरबीच ठूलो अन्तर छ । यो फिल्ममा दिशा र सलमान युवा उमेरको भूमिकामा छन् । यसै कारण उनलाई सलमानको अपोजिटमा लिइयो । ‘यसपछि सायदै सलमानको फिल्ममा मेरो लायक रोल हुन सक्छ,’ उनले भनिन्, ‘त्यसैले मैले प्रस्ताव आउनासाथ तत्काल हुन्छ भनिहालेँ । दिशाको यस्तो अभिव्यक्तिपछि सलमानले पनि प्रतिक्रिया जनाएका छन् । उनले एक अन्तर्वार्तामा भने, ‘उनी कस्तो एज ग्यापको कुरा गरिरहेकी छन् । म अहिले पनि १७ वर्षकी एक्ट्रेससँग फिल्म गरिरहेको छु ।