काठमाडौंमा कतार भिसा सेन्टर शुरु, कतार रोजगारीमा जान सम्पूर्ण प्रक्रिया अब नेपालबाटै (फोटोफिचर)

 संवाददाता    १६ जेष्ठ २०७६, बिहीबार ०५:४२     59 जनाले पढ़िसके


जेठ १७ । कतार भिसा सेन्टर (क्यूभिसी) ले नेपालमा आफ्नो सेवा शुरु गरेको छ । काठमाडौं महानगरपालिका–४ महाराजगञ्जमा रहेको भिषा सेन्टरको बुधबार साँझ नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैल र कतार भिषा सेन्टरका प्रमुख मेजर अब्दुल्लाह खलीफा अल मोहन्नदीले उद्घाटन गरेसँगै सेन्टरले औपचारिक रुपमा काम शुरु गरेको हाृे । औपचारिक सेवा सुरू भएसँगै अब कतार रोजगारीमा जाने कामदारले सम्पूर्ण प्रक्रिया अब नेपालबाटै प्रापत गर्नेछन । वैदेशिक रोजगारीमा कतार जाने नेपाली कामदारलाई लक्षित गर्दै सेन्टर खोलिएको हो।

सेन्टरले रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप सेवा दिनेछ । यसका अलावा सेन्टरमा कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रकृया पूरा गर्न पाउनेछन्। यसैगरी सेन्टरमा कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु पनि हुनेछन्। यसअघि ती सबै काम कतारमा हुने गर्थे। अब यी सबै काम नेपालबाट पूरा हुनेछ जसका कारण नेपाली कामदार कतारले पुग्नासाथ आफ्नो परिचयपत्र पाउनेछन् ।

कतारले भिसा सहजीकरणका लागि बंगलादेश, पाकिस्तान र श्रीलंकालगायत  देशमा यस्ता भिसा सेन्टर सञ्चालन गरिसकेको छ । यसले नेपाली श्रमिकहरूलाई भिसा प्रोसेसिङका लागि लामो समय कुर्नुपर्ने झन्झटबाट मुक्त गरेको छ। मेडिकल, बिमा र अन्य व्यक्तिगत कागजातहरु राम्रोसँग स्क्रिनिङ गरिने भएकोले मेडिकल फेल वा अन्य विभिन्न समस्या भएका व्यक्तिहरु नेपालबाट नै कतार जान पाउने वा नपाउने विषयमा टुंगो लाग्ने हुँदा कतार पुगेर फर्किनुपर्ने अवस्थाको पनि सेन्टरका कारण हट्ने कतार भिषा सेन्टरका प्रमुख मेजर अब्दुल्लाह खलीफा अल मोहन्नदीले बताए ।

कतार भिसा सेन्टरबाट रोजगारीमा जाने नेपाली श्रमिकहरुको यकिन तथ्यांक राखिने हुँदा नेपाली रोजगारीमा कति गए र कति नेपाली कतारबाट फर्केर आए, कुन श्रमिक कस्तो अवस्थामा रहेको छ भन्ने जानकारी अब सहज रूपमा प्राप्त हुनेछ । कतारको सरकारी प्रकृया अनुसार भिसा सेन्टर सञ्चालन हुने हुँदा सेवाग्राहीलाई भविष्यमा कुनै पनि समस्या नआउने नेपालस्थित कतारी दूतावासले जनाएको छ ।

कतार सरकारले नै क्युभिसि सञ्चालन गरेकोले कतार जाने कामदारलाई समस्या नआउने क्युभिसिले जनाएको छ । क्युभिसिले विभिन्न देशको सफल परीक्षणपछि नेपालमा संचालनमा ल्याईयको हो यसबाट नेपाली कामदार,म्यानपावर ब्याबसायी र नेपाल सरकारलाई फाईदा नै फाईदा पुग्ने बैदेशिक रोजगार विज्ञहरु बताउँछन । क्युभिसिले नेपालमा दिने सबै सेवाहरु निसुल्क रहेको छ यसबाट कामदारलाई धेरै फाईदा पुग्नेछ ।

कतार भिषा सेन्टरका प्रमुख मेजर अब्दुल्लाह खलीफा अल मोहन्नदीले नेपालमा क्युभिसि संचालन भएकोमा खुशी व्यक्त गर्दै क्युभिसि संचालनवाट नेपाली कामदार,नेपाली मेनपावर ब्याबसायी र नेपाल सरकारलाई धेरै फाईदा हुने बताए । उनले कतार आउने कामदारले दुख नपाओस भन्ने उद्देस्यले नै कतार सरकारले क्युभिसी कार्यालय कामदार स्रोत मुलुकहरुमा सञ्चालन गरेको बताए । कार्यक्रममा कतार भिषा सेन्टरका प्रमुख मेजर अब्दुल्लाह खलीफा अल मोहन्नदीले महिनौ अघिदेखि गरेको प्रयास अहिले साकार भएको बताए । उनले भने–‘हामी नेपालमा धेरै काम गर्न चाहन्छौ । हामी नेपालीलाई धेरै मद्दत गर्न चाहन्छौ, लगानी गर्न चाहन्छौ । कतारमा सन् २०२२ मा हुने विश्वकपको लगभग ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ । हामी नेपालमा पनि खेलमैदान बनाइदिन चाहन्छौ । नेपालमा ठूला–ठूला पूर्वाधार निर्माण गर्न चाहन्छौं ।’ मोहन्नदीले सबैलाई यो सुन्दर अवसरको भएको भन्दै हार्दिक धन्यवाद समेत ज्ञापन गरे । सेन्टरका बारेमा थप प्रकाश पार्दै मोहन्नदीले आफुहरुको चाहाना भनेकै नेपाली कामदाहरुलाई कुनै पनि बाधा अड्चन बिना कतार पठाएर उता विभिन्न अवसरहरू प्रदान गर्ने भन्ने नै रहेको बताए । ‘वास्तवमै नेपालीहरू एकदमै लगनशील र कर्मशील छन् । उनीहरूलाई कतार जानु पूर्व उचित परामर्श र भिसासम्बन्धी सेवा प्रदान गर्न हामी पहिलादेखि नै लालायित थियौ । नेपाली कामदारहरूको सम्पूर्ण डकुमेन्टेसन सम्बन्धी कार्य, सम्झौतापत्र सम्बन्धी परामर्श र अन्य प्रक्रियागत सम्पूर्ण सेवाहरू हामी निःशुल्क उपलब्ध गराउने छौ । यसको लागि हामी सम्पूर्ण हिसाबले तयार भएर क्युभिसि सुरु गरेका हौं’, उनले बताए ।

नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैलले सेन्टर मानिसहरूले भन्ने गरेजस्तो कामदारहरुको लागि मात्र नभएर थप फराकिलो उद्देश्यले सञ्चालनमा आएको बताए । ‘हाम्रो उद्देश्य भनेको सांस्कृतिक आदान प्रदान, व्यावसायिक सहकार्यता वृद्धि र नेपाल कतार पर्यटन प्रर्वद्धन गर्नु पनि रहेको हो । विश्वका सबै विकासशील मुलुकहरूको समृद्धिकोलागि हामीले जो सकेको पहल गर्नु नै हाम्रो धर्म हो । हामीले जो सकेको सानो प्रयास भने पनि गरिनैरहनु पर्छ । हाम्रो उद्देश्य भनेकै थोरै विकास उता होस थोरै विकास यता पनि होस भन्ने हो ।’ उनले थपे
राजदूत हैलले भने –‘हामी नेपालमा के गर्न चाहन्छौ ? भिसा सेवामात्र पक्कै हैन, हामी त नेपाल देशको समृद्धि पनि चाहन्छौ र नेपाली कामदारहरु कतार जानुपूर्वका विभिन्न प्रक्रियागत झमेलाहरु जस्तो फिंगरप्रिन्ट, बायोमेट्रिक तथ्याङ्क, मेडिकल टेस्ट, भिसा परामर्श, कार्य सम्झौता परामर्श आदिजस्ता कामहरू छिटो छरितो, सरल र सहज ढङ्गले तुरुन्तै गर्नु नै हाम्रो लक्ष्य हो । यो सिन्डिकेट हैन, यो पूर्ण निशुल्क सेवा हो । यसमा कुनैपनि सिन्डिकेट लादिएको हुँदैन । अर्थात, कामदारहरूको सम्पूर्ण प्रक्रियाहरू यहाँ लगभग २ देखि ३ दिनभित्र नै सक्छौ । यसको लागि कतार जान चाहने नेपालीहरूले एजेन्टहरूलाई एक रुपैयाँ पनि खर्च गर्नु पर्दैन । यही नै कतार भिसा सेन्टरको सुन्दर पक्ष हो । यही नै कतार भिसा सेन्टरको मूल उद्देश्य हो ।’
राजदूत हैलले यो प्राइभेट संस्था नभएको र कतार सरकारकै एउटा अङ्ग भएको हुँदा यसबाट कुनै सिन्डिकेट नहुने बरु नेपाली कामदार र मेनपावर व्यवसायीहरूलाई थप सहज हुने बताए । ‘पुरानो प्रक्रिया केही पनि फेरबदल भएको छैन, यसअघि कतार पुगेपछि गरिने प्रक्रियालाई थप सहजताका लागि वान डोर सिस्टमबाट नेपालमै गर्ने व्यवस्था गर्न लागेका मात्र हौ । मेनपावर कम्पनीले पहिला जस्तै काम गर्न पाउँछन् मात्र कतारमा गएर गरिने काम नेपाल सरेको हो’ उनले जानकारी दिए । उनले यसबापत कामदारले कुनै अतिरिक्त शुल्क बुझाउन नपर्ने प्रस्ट पार्दै यसअघि आजाद भिसाका नाममा हुने गरेको खर्च र दोहोरो सम्झौतापत्र बनाउने खेल सबै निर्मूल हुने बताए । ‘कामदारको हकहितका लागि कतार सरकारले ल्याएको पछिल्लो मेकानिजम भएको हुँदा यसबाट सबै पक्षलाई फाइदा नै फाइदा पुग्ने छ’ उनले भने ।

कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष सलिम मिया अन्सारी, नेपालका संचालक हेम गुरुङ, मेनपावर व्यवसायी, पत्रकार र यो क्षेत्रसँग सरोकार राख्ने व्यवसायीहरुको उपस्थिति रहेको थियो । उपस्थितहरुले कतार भिसा सेन्टरको अध्ययन गरि स्थलगत भ्रमण गरेका थिए ।

Gepostet von Sagar Nepal am Mittwoch, 29. Mai 2019