एउटै सिधान्त बाेकेर अगाडि बढी रहेकाे दुई जनतान्त्रिक एकीकरणमा

 संवाददाता    २० जेष्ठ २०७६, सोमबार ०५:२०     111 जनाले पढ़िसके


जनकपुरधाम २० जेठ। एउटै सिधान्त बाेकेर अगाडि बढी रहेकाे मनाेज कुमार झा नेतृत्वका जनतान्त्रिक तराई मुक्ति माेर्चा र शिव कुमार सिंह नेतृत्वका रहेकाे मधेश राष्ट्रय जनतान्त्रिक पार्टी क्रान्तिकारी बिच पार्टी एकीकरण भएर मधेश राष्ट्रिय जनतान्त्रिक पार्टी क्रान्तिकारी नामाकरण गरीएकाे छ । पार्टीका केन्द्रीय अध्यक्ष मनाेज मुक्ति विवेक भनिने मनाेज कुमार झाले एक प्रेस विज्ञप्ति जारी गरि दिएकाे जानकारी अनुसार दुबै पार्टीको नीति – सिद्वान्त एउटै भएकाे हुनाले दुबै पार्टी एकीकरण भएर मधेश राष्ट्रिय जनतान्त्रिक पार्टी क्रान्तिकारी नाम राखिएकाे छ । एतिहासिक एवं युगान्तकारी घाेेषणाले “क्रान्तिकारी शक्ति ध्रुवीकरण अभियान” र बर्षाै देखिकाे विभेद,दमन,अत्याचार,शाेषण,असमान्ता,अाैपनिवेशिकता,सामान्ती साेच र एकातमक शासन ब्यवस्थाकाे विरूद्व जन भावना,सहिदहरूकाे सपना,राष्ट्रिय हित,नागरिक सर्वोच्चता,राष्ट्रिय स्वाधिन्ता,विधिकाे शासन,लाेकतान्त्रिक मूल्य- मान्यताहरूकाे रक्षा र भ्रष्टाचार रहित पूर्ण सामानतावादमा अाधारीत सामान्तामुलक कामलाई अगाडि वढाउने अाफनाे पार्टीको मुल उद्देश्य बाेकेर अगाडि वढेकाे अध्यक्ष झाले जारीगरेकाे विज्ञप्तिमा उल्लेख रहेकाे छ ।