धनुषाको विदेह नगरपालिकामा तलब नदिएको भन्दै शिक्षकहरु गरे पठन पाठन अवरुद्ध

 संवाददाता    १० असार २०७६, मंगलवार ०१:५९     81 जनाले पढ़िसके


जनकपुरधाम असार ८ गते : धनुषाको विदेह नगरपालिकास्थित जनता माध्यमिक विद्यालयका शिक्षक ‘पेन डाउन’ गरेपछि पठन पाठन अवरुद्ध बनेको छ । विगत ६ महिनादेखि तलब नदिएको भन्दै शिक्षकहरु ‘पेन डाउन’ गरेका हुन् । गर्मीका कारण बन्द भएको विद्यालय आइतबार खुलेपछि शिक्षकहरु ‘पेन डाउन’ आन्दोलन सुरु गरेका छन् । शिक्षकहरु कक्षामा नगएपछि पढ्न आएका विद्यार्थीहरु आईतवार जस्तै सोमवार पनि त्यतिकै घर फर्किन बाध्य भए । तलब निकासा नगरेसम्म आन्दोलन जारी राख्ने शिक्षकहरुले बताएका छन् । यहाँका मेयर बेचन दासले कमिशन मागेको र नदिएपछि शिक्षकको तलब, विद्यार्थीको छात्रबृति र विभिन्न निकायबाट आएका करोडौंको योजना रोकेको प्रधानाध्यापक पवन मण्डलले जानकारी दिए । मेयर दासले शिक्षकहरुको माग पुरा गर्ने प्रतिवद्धता धनुषाका प्रमुख जिल्ला अधिकारी अगाडी गरेपछि बेवास्ता गरेपछि आन्दोलनमा उत्रिन बाध्य बनेको उनले बताए । यसअघि पनि शिक्षकहरु आन्दोलन गरेका थिए । त्यसपछि विद्यार्थीहरु मेयर दासविरुद्ध आन्दोलन समेत गरे । यतिसम्म कि नगरपालिकामै तालाबन्दी पनि विद्यार्थीहरुले गरेका थिए । तरपनि मेयर दास मौन बसेका छन् । जसका कारण हजारौं विद्यार्थी मारमा परेका छन् ।