सिरहाको सिमावर्ती क्षेत्र बारीयारपट्टीबाट लागू औषध ओसार पोसार गर्ने एक पक्राउ

 संवाददाता    २१ असार २०७६, शनिबार १२:३१     80 जनाले पढ़िसके


मनोज बनैता, सिरहा असार २१ । सिरहाको बरियारपट्टी बाट एक जनालाई लागुऔषध सहित नेपाल प्रहरीले पक्राउ गरेका छन । भारतको लदनियावाट जिरोमाईल जानेक्रममा बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ हवल्दार चौक स्थित सिटी रिक्सा लाई चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेको हो । इलाका प्रहरी कार्यालय बरियारपट्टी वाट खटिएको प्रहरी टोलिले जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १० वस्र्ने चित्र विकको छोरा अन्दाजी वर्ष २० को खेमराज विक कालो झोलामा डाइजापाम ८ पिस, फेनरागन ९ पिस, नरफिन ९ पिस बरामद गरेका छन ।

लागुऔषध र विकलाई जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको प्रहरीले वताएका छन। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयको सिरहाको डिएसपि प्रवक्ता अपिलराज वोहराले वताएका छन । ‘जुन जोगी आएपनी कानै चिरेको भने झै’ जुन प्रहरी प्रमुख आएपनी सिरहाको अवस्था खासै नफेरिएको स्थानीयहरु बताउँछन् । सरुवा भएर आउने नयाँ जिल्ला प्रहरी प्रमुखहरुले शुरुमा आफ्नो जति बडाई गरेपनि तस्करी र लागुऔषध नियन्त्रण गर्ने सवालमा उल्लेखनीय प्रगति नगरेको यहाँका वासीहरुको ठहर छ ।