सिराहा ,सप्तरी र धनुषाकाे नदि आसपासका गाउँमा डुवानमा

 संवाददाता    २९ असार २०७६, आईतवार ०८:११     111 जनाले पढ़िसके


महेश सिंह महतो , सिराहा,असार २९ । सिरहा , सप्तरी र धनुषा तराईको कमला नदी र बलान नदीमा पानीको बहाब अहिलेसम्मकै उच्च रहेको स्थानीयले बताउछन ।  सिरहा , सप्तरी र धनुषा जिल्ला जोडने कमला नदीमा पानी खतराको सहतभन्दा पनि माथि नाघेको जनाइएको छ । कमलाको पानीमा उच्च बहाब आएपछि आसपासका गाउँहरुमा हाईअलर्ट जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहा र सप्तरी, धनुषा र जिल्ला प्रशासन कार्यालय सिरहाले कमला किनारमा रहेको गाउँहरुमा हाईअलर्ट जारी गर्दै सुरक्षाकर्मी समेत परिचालन गरेको हो ।  धनुषाको कमला नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ , सहिदनगर नगरपालिकाको वडा नं. २ बतराहीमा कमलाको पानी पस्ने सम्भावना प्रबल भएको छ भने सिरहाको , लहान ,नबराजपुर , नहर्निया , कजरा , सोठियाईन , देबनगर , भगवानपुर , सिनुरिया र बसपिटटा, सिरहा, कल्याणपुर, चतरी, पर्साही, फुलबरिया लगायतका गाउँहरुमा समेत खतरोको संकेत देखिएको जनाइएको छ । दुवै जिल्लाका प्रशासनले उक्त क्षेत्रहरुमा हाईअलर्ट जारी गर्दै सुरक्षित स्थान खोज्न आग्रह गरेको हो ।  बलान खोला र खुटि खोलामा पानीको बहाब निरन्तर उच्च हुँदै गएकोले पानी अहिले खतराको सहतभन्दा माथि आएको देखीन्छ । विभागले  – “कमला नदी(धनुषा-तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तह भन्दा ज्यादै माथि पुगेको र वर्षा हुने क्रम जारी रहने देखिएकोले धनुषा र सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्रमा रहनु हुनेहरू आज असार २८ गते दिनभर सुरक्षित स्थानमा बस्न वा रहनुहुन अनुरोध गरेका हुन ।