सिरहामा बिपिको ३७ औ स्मृति दिबस बिरामीलाई फलफुल दिएर मनायो

 संवाददाता    ६ श्रावण २०७६, सोमबार १४:०१     76 जनाले पढ़िसके


महेश सिंह महतो , सिरहा ६ असार सिरहामा बि.पि .को ३७ औं स्मृति दिबस मनाएको छ । गिरिजाप्रसाद कोईराला अध्यन केन्द्र सिराहाले बिरामीहरू लाई फलफूल वितरण गरेका छन।राम कुमार शारदा उमा प्रसाद मुरारका अस्पताल लहानमा बिरामिहरुलाइ फलफूल वितरण कार्यक्रम सिराहा जिल्ला का पार्टी सभापति रामचन्द्र यादब को प्रमुख आतिथ्य मा भयेको थियो।।कार्यक्रम मा सभापति यादबले बिपिले देखाएको बाटोमा हिड्न सक्यो भन्ने देश र पार्टीलाई राम्रो हुने बताउनु भयो। कार्यक्रममा नेबिसङ्ह का नि बर्तमान केन्द्रिय सह महामन्त्री परमेशवर साह ,काङ्ग्रेसको जिल्लाका युबा नेता शैलेन्द्र कुमार यादब,पुर्ब क्षेत्रीय सभापति बिसुन साह बनिया,पुर्ब नगर अध्यक्ष महेश चौधरी ,महासमिति सदस्य देबनाथ यादब,अब्दुल करिम खान,नेबि सङ्ह जिल्ला अध्यक्ष मो मुस्ताक,गोपाल यादव लगाइत का नेताहरूको उपस्तिथि रहेको थियो।सो कार्यक्रममा बिरामीहरूलाई जुस,केरा,बिस्कुट स्याउहरु वितरण गरेको अध्यन केन्द्र सिराहाका अध्यक्ष सन्जिब कुमार ठाकुर ले बताए ।