सिरहाको गोलबजारमा खाल्टोमा पुरिएर १ बालकको मृत्यु

 संवाददाता    १२ श्रावण २०७६, आईतवार ०१:०३     173 जनाले पढ़िसके


महेश सिंह महतो , श्रावण ११ सिरहा – सिरहाको गोलबाजर नपा ६ मा एक जना नबालिकाको डुबेर ज्यान गएको छ । सिरहा ९ ठेङ्गी घर भई गोलबजार नपा ६ लक्ष्मी चौकमा डेरालिए बस्दै आएको श्रीप्रसाद यादवकी ७ वर्षीय छोरी आरती कुमारी यादवको खाल्डोमा जमेको पानीमा डुवेर ज्यान गएको स्थानीय बताए । गोलबजार नपा ६ मा रहेको मामाको घर साथीहरुसँग जाने क्रममा खाल्डोमा जमेको पानीमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिनुभयो ।  नबालिकाको शव पोष्टमार्टमको लागि लहान अस्पतालमा ल्याएको र जांच प्रताल पछि प्ररिवार्जनको जिम्मा लगाएको प्रहरीले बताएका हुन् ।