सिरहामा बाढीपिडितलाई राहत वितरण

 संवाददाता    २८ श्रावण २०७६, मंगलवार ०८:३८     37 जनाले पढ़िसके


संजय विश्वकर्मा लहान २८, श्रावण सिरहाको धनगडीमाई नगरपालिका वडा नं. ३ मा राहत वितरण भएकोछ । भिएसओ को सहयोग वडा नम्बर ३ वडा कार्यालयको सहकार्य र समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा राहत वितरण भएको वडा अध्यक्ष देव कुमार साहले जानकारी दिनुभएकोछ । वडा नं. ३ का २० घरपरिवार लाई प्रतिपरिवार २५ केजिको एक बोरा चामल , ५ केजिको मसुरो दाल , २ लिटर खानेतेल , १ प्याकेट नुन , गेडागुडी वितरण गरेको आयोजक संस्थाका कार्याकारी निर्देशक देवराज पोखरेलले बताउनुभयो ।