अरूणखाेला पुल चर्किएपछि यातायात सेवा प्रभावित

 संवाददाता    २९ श्रावण २०७६, बुधबार ०४:३४     33 जनाले पढ़िसके


साउन २९ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरकाे अरूणखाेला पुल चर्किएपछि अहिले यातायात सेवा प्रभावित भएकाे छ । गएराति अरूणखाेला पुलकाे पुर्व तर्फकाे भागमा सवारिसाधनले ठक्क दिए पछि पुल चर्किएकाे जनाईएकाे छ। पुलमा क्षेति भए पछि पुर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने सवारिसाधन अरूणखाेला मा राेकिएका छन् । अहिले केही हलुका सवारि साधन पुल वाट नै सञ्चालनमा रहेकाे कावासाेति प्रहरीले जनाएकाे छ ।