कमला बचाउ अभियान अन्तर्गत सप्ताहिक ५०० ब्रिक्षारोपण

 संवाददाता    १४ भाद्र २०७६, शनिबार १३:२१     64 जनाले पढ़िसके


जनकपुर भदौ १४ । कमला बचाउ सप्ताहिक अभियान अन्तर्गत आज धनुषाको शाहिदनगर नगरपालिका वडा नं. २ मा वृक्षारोपण गरिएको छ । कमला नदीको तटमा बतराही कमलपुर देखि रामघाट सम्म ५०० विभिन्न प्रजातिको बिरुवाहरु घेराबेरा सहित लगाईएको छ । कमला बचाउ अभियानका संयोजक बिक्रम यादवको पहलमा भएको सो कार्यक्रममा बन पर्यटन मन्त्रालयका सचिब नवराज काफ्लेलाई सम्मानित समेत गरिएको छ । शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरियाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा जिल्ला ईन्चार्ज श्रवन बरबरिया यादब प्रमुख आतिथ्य रहेको थियो । बन पर्यटन सचिब नवराज काफ्ले विशेष उपस्थिति एवम भारत बिहारका कमला अभियानी रामनाथ सिंह , बिनोद कुमारको समूह , शहिदनगर नगरपालिकाका कार्यकारी अधिकृत नन्द कुमार झा , बन अधिकृत राजेन्द्र कर्ण , ई प्र का यदुकुहा प्रहरी ईन्चार्ज दिपकबाबु के सि , जएमाबीका बरिष्ठ शिक्षक प्रदिप साह , शिक्षिका लक्ष्मी महतो , वडा अध्यक्ष तेजिलाल यादव , कमला अभियानी सुरेन्द्र यादव , बिनोद महरा,श्रीप्रसाद यादव,राजकिशोर सल्हैता,बिरेन्द्र यादव कमला नजिकका समाजसेवी बुद्धिजीवी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।