बिश्वमा गान्धीको अहिन्सा दिब्स मनयो

 संवाददाता    १६ आश्विन २०७६, बिहीबार ०४:२८     41 जनाले पढ़िसके


असोज १६ । मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी) (२ अक्टोबर १८६९ – ३० जनवरी १९४८) भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक एवं आध्यात्मिक नेता हुन् । यिनी विश्वका महापुरूषहरू मध्ये एकमा गनिन्छन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ । अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ । उनी सत्याग्रह(व्यापक सविनय अवज्ञाको माध्यमबाट अत्याचारको प्रतिकारको आन्दोलन)का अग्रणी नेता थिए, उनको यस अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ । उनले भारतलाई स्वतन्त्रता दिएर जनताका नागरिक अधिकारहरू तथा स्वतन्त्रता आन्दोलनका लागि सम्पूर्ण विश्वलाई प्रेरित गरे । उनलाई मानिसहरू महात्मा गान्धीको नामले चिन्दछन् जुन नाम उनलाई बङ्गाली साहित्यकार रवीन्द्रनाथ टेगोरले दिएका थिए । जसको संस्कृत भाषामा महात्मा अथवा ‘महान आत्मा’ एक सम्मान सूचक शब्द हो । उनलाई सबैभन्दा पहिले रवीन्द्रनाथ टेगोरले महात्मा भनि सम्वोधित गरेका हुन् । महात्मा गान्धीलाई भारतमा बापू नामले पनि चिनिन्छ गुजराती भाषामा (બાપુ) बापू को अर्थ पिता हुन्छ । उनलाई सरकारी रूपमा भारतको राष्ट्रपिताको सम्मान दिइएको छ र २ अक्टोबरको दिन अथवा उनको जन्म दिनमा भारतमा बिदा दिइन्छ । यो दिन ‘गान्धी जयन्ती’को रूपमा मनाइन्छ र संसारभरी यस दिनलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा मनाइन्छ । सबैभन्दा पहिले गान्धीले रोजगार अहिंसक सविनय अवज्ञा, प्रवासी वकीलको रूपमा दक्षिण अफ्रिकामा भारतीय समुदायको नागरिक अधिकारको लागि सङ्घर्षमा प्रयोग गरे । सन् १९१५ मा भारत फिर्तीपछि उनले किसानहरू, कृषि मजदुरहरू, सहरी श्रमिकहरूलाई अत्यधिक भूमिकर र भेदभावविरूद्ध आवाज उठाउन एकजुट गरे । सन् १९२१ मा भारतीय राष्ट्रिय काङ्ग्रेसको बागडोर सम्हालेपछि गान्धीले देशभर गरीबीबाट राहत दिलाउने, महिलाका अधिकारहरूको विस्तार, धार्मिक तथा जातीय एकताको निर्माण, आत्म-निर्भरताको लागि छूवाछूतको अन्त्य आदिको लागि धेरै आन्दोलन चलाए । तर यी सबैभन्दा पनि भारतलाई विदेशी राजबाट मुक्ति दिलाएर स्वराज प्राप्ति उनको प्रमुख लक्ष्य थियो । गान्धीले ब्रिटिस सरकारद्वारा भारतीयहरू माथि लगाइएको नुन करको विरोधमा सन् १९३० मा दांडी मार्च र त्यसपछि सन् १९४२ मा भारत छोड आन्दोलन सुरुवात गरेर भारतीयहरूको नेतृत्व गरी लोकप्रियता प्राप्त गरे । उनले दक्षिण अफ्रिका र भारतमा विभिन्न समयमा कयौं वर्षसम्म जेलमा बस्नुपर्‍यो । गान्धीले सबै परिस्थितिहरूमा अहिंसा र सत्यको पालन गरे र सबैलाई यसको पालन गर्नको लागि उत्साहित पनि गरे । उनले साबरमती आश्रमको आत्म-निर्भरता आवासीय समुदायमा आफ्नो जीवन को धेरै समय व्यतित गरे र परम्परागत भारतीय धोती र सूतबाट बनेको गम्छा लगाए जसलाई उनी स्वयंले चर्खामा सूत काटेर हातैले बनाएका थिए । उनले सादा शाकाहारी भोजन खाए र आत्मशुद्धि तथा सामाजिक प्रतिकार दुबैको लागि लामा उपवास पनि गरे ।