सन नेपाल लाईफ इन्सुरेन्सले बिमितको बुवालाई दियो १४ लाखको चेक

 संवाददाता    १ कार्तिक २०७६, शुक्रबार ०५:४१     41 जनाले पढ़िसके


महेश सिंह , १ कार्तिक – सिरहा – सिरहाको लहान स्थित रहेको सन नेपाल लाईफ इन्स्योरेन्सको शाखा कार्यालयले चौध लाखको मृत्यु दाबी भुक्तानी गरेको छ । सिरहाको गाबिस चिकना वाडा न. ९ र हाल कल्याणपुर नगरपालिका ५ को जमुना माझीको २० बर्षय छोरा बिजय कुमार माझीले २०७५ साल मंसिर ४ गते मंगलबार सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालय काठमाडौं बाट रु . १० लाखको वैदेशिक रोजगार अन्तर गतको म्यादी बिमा उक्त लाईफ इन्सुरेन्स कम्पनीमा बिमा गराएको थियो । माझीले बुबाको दुई वटा छोरा मधे कान्छो छोरा हुन् । २० बर्षय माझीले बिमा पशचात २०७५ सालमा केही दिन मै वैदेशिक रोजगारीको लागि कतार पुगेका थिए । माझीले कतारको water master qatar wll कम्पनीमा माझीले कतार पुगेका थिए । माझीको राहदानी नम्बर १०५७५३५५ र sticker नम्बर ०४४५२६०२० र विजयको बिमा लेख नम्बर FE १०००२२१७ रहेको परिवारजनले बताए । माझीले कतार पुग्नु आगाबै काठमाडौंको P.k. Diagnostic center pvt . Ltd बाट मेडिकल गराई कतार पुगेका थिए । कम्पनीमा माझीले काम गर्दै जादा एक दिन अचानक कान दुख्न थालेको थियो । बिजय लाई कान दुख्ने लगत्तै कम्पनीले होस्पिटल पुर्याएका थिए । होस्पिटलमा माझीलाई डाक्टरले ब्रेनको रोग प्रमानित गरि ब्रेनलाई अप्रेसन गरेको केहि दिन मै माझीलाई कतारमै मृत्यु भएको परिवारजनले बताए । माझीको मृत्यु पछि सन नेपाल लाईफ इन्सुरेन्सको लहान साख कार्यालयले कर बाहेक १५ लाखको मृत्यु दाबी भुक्तानीको चेक माझीको बुवालाई हस्तान्तरण गरेको , सन नेपाल लाईफ इन्सुरेन्सको शाखा कार्यालय लहान साखाको शाखा प्रबन्धक उपेन्द्र नारायण महतो बताए ।