टोल – टोलमा मानव अधिकार स्थापनाका लागि लोहनीको घरदैलो अभियान : हेर्नुस् फोटो फिचर सहित

 संवाददाता    १६ कार्तिक २०७६, शनिबार १२:०८     135 जनाले पढ़िसके


संजय विश्वकर्मा लहान १६ , कार्तिक । “एक घर एक मानव अधिकार ” भन्ने मुल नारा सहित मानव अधिकारको क्षेत्रमा कृयाशिल संस्था अप्सन नेपाल काठमाडौका केन्द्रिय संस्थापक अध्यक्ष भोला प्रसाद लोहनीले टोल टोलमा घरदैलो अभियानको सुरुवात गरेको छ । मानव अधिकारबाट बन्चितिकरणमा परेका लक्षित वर्ग समुदायलाई मानव अधिकारमा पहुँच पुर्याउन सिरहा ,सप्तरी , सुनसरी लगायत पुर्वका प्रदेश नम्बर -१ र २ को विभिन्न जिल्लाको टोलहरुमा बस्ती मानव अधिकार निगरानी समूह गठन गरिरहेको छ । सोही कार्यक्रम अन्तर्गत महोत्तरी जिल्लाको रामनगर , सिरहाको लहान, मिर्चैया , सप्तरीको राजबिराज , धर्मपुर , बेल्ही , खरचुहिया लगायतको लक्षित बस्तीहरुमा निगरानी समुह गठन गरिसकेको अप्सन नेपालको सल्लाहकार एवम् संस्थापक समेत रहनु भएकी प्रमिला लोहनीले जानकारी दिनुभयो । प्रत्येक टोलमा सिहदरवार आईसकेको भएपनि दलित , गरिबको बस्तीमा हाल सम्म पनि अधिकार नपुगेका कारण निगरानी समूह मार्फत उनिहरुलाई जनचेतना समेत दिने गरेको अध्यक्ष लोहनीले सुनाए । अभियानका कारण पुर्वका अप्सन नेपाल जिल्ला शाखाहरु पनि सक्रिय भएको भन्दै उनले भने धनुषा जिल्लामा कार्तिक २० गते जिल्ला शाखाको साधारण सभा हुने जानकारी दिए । अप्सन नेपालले सिरहा जिल्लामा निस्वार्थ रुपमा राम्रो काम गरेको भन्दै जिल्ला अध्यक्ष मनिष कुशवाहा लगायतका जिल्लाका पदाधिकारीहरुले मानव अधिकारको अभियानता अध्यक्ष लोहनीलाई सम्मान समेत गरेका थिए ।