घाइतेको सम्पुर्ण उपचार खर्च सरकारले ब्यहोर्ने, मृतकलाई क्षतिपूर्ति

 संवाददाता    २९ मंसिर २०७६, आईतवार १३:१०     142 जनाले पढ़िसके


जनकपुरधाम, मसिर २९ गते ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा शुक्रबार राती भएको बम बिस्फोट घटनाको पीडित परिवारलाई भेट्नु भएको छ ।

आज बिहानै टोली सहित घटना स्थल पुग्नु भएको मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पुर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई प्रती मृतक राहत समेत उपलब्ध गराउने बताउनु भयो ।

मृतक परिवार लाई उपलब्ध गराईने रकम बारे आउदो मन्त्री परिषद्को बैठकबाट निर्णय गरिने बताउनु भयो ।
टोलिमा प्रदेश सभाका सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्यन्यायधिबक्ता दिपेन्द्र झा, प्रदेश सभा सद्स्य सिघासन सा कलबार सहितको सहभागिता रहेको थियो ।
बम बिस्फोटको घटनामा परि प्रहरी निरीक्षक सहित ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको छ । घाइते हरुको उपचार धरानमा भैरहेको छ ।