धनुषाको शहिदनगर नगरपालिकाका नेपाली काँग्रेस र समाजवादी पार्टीमा आवद्ध कार्यकर्ताहरुले नेकपामा प्रवेश गरेका छन् ।
सोमबार सम्पन्न पार्टी प्रवेश कार्यक्रमको दौरान नेपाली काँग्रेसबाट करिब ३ दर्जन र समाजवादी पार्टी परित्याग गरि समेत करिब ३ दर्जन गरी ६ दर्जन नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन् ।
शहिदनगर नगरपालिका वडा नं. ८ नाथपटीमा वडाध्यक्ष तथा प्रस्तावित जिल्ला कमिटी सदस्य तनुकलाल कुसैयत यादवको अध्यक्षता तथा नेकपाका केन्द्रीय सदस्य एवम धनुषा जिल्ला इन्चार्ज जोग कुमार (श्रवण्) बरबरिया यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा दुवै पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको हो ।
पार्टी प्रवेश कार्यक्रमको दौरान समाजवादीबाट धर्मनाथ राउत यादव, मुद्रिका चौधरी, जय प्रकाश चौधरी, राज कुमार महरा, श्रीप्रसाद राउत यादव, मोहन राउत यादव, किसन मण्डल, विशुन मण्डल, भोला राउत लगायत करिब ३ दर्जन कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन् ।
यस्तै, नेपाली काँग्रेस पार्टी परित्याग गरी बलराम राउत यादव, श्रीराम यादव, श्री बनरैत यादव, पशुपति यादव, राम सोभित यादव, कपिल यादव, सहदेव यादव, प्रमोद भदिसवार, राज कुमार यादव, तसलिम शेख, काशिम मँसुर, बाबिर नदाफ, जाँकीर नदाफ, आकिर नदाफ, सुनर भदिसवार, धर्मनाथ गोईत, कृष्णा बैदा लगायतका व्यक्तिहरु नेकपामा प्रवेश गरेको जनाइएको छ ।
सो क्रममा नेपाली काँग्रेस र समाजवादी पार्टी छाडेर नेकपामा प्रवेश गर्ने नवप्रवेशी कार्यकर्ताहरुलाई धनुषा जिल्ला ईन्चार्ज श्रवण बरबरिया र जिल्ला अध्यक्ष राज किशोर यादवले सँयुक्त रुपमा माला, अबिर लगाउँदै सदस्यता प्रदान गर्नुभएको हो । सो कार्यक्रममा विशिष्ट अतिथि जिल्ला अध्यक्ष राज किशोर यादव , शहिद नगरपालिका मेयर उदय बरबरिया यादव लगायत प्रस्तावित जिल्ला कमिटी सदस्यहरु सुरेश कापर , हल्खोरि कापर , रामकिशोर पासवान , रामदियाल दास , वाडा अध्यक्ष हरु जैसी भिन्बार यादव , रामएकबाल मंडल लगायतको उपस्थिति रहेको थियो ।
यस्तै वडासदस्यहरुमा शिवकुमार गोहिबार, राकेश यादव , बीरेन्द्र मंडल , तेतर यादव , रामबृक्ष मंडल , उर्मिला मलिक , हदिसनी खातुन, काला देवी दास , सुकनी माझी सहित युवा नेताहरु सुरेन्द्र राई , सुलोचन यादव , भोला यादव , नथु यादव , राजकुमार यादव , कुशेशोर पासवान, रामकुमार यादव , मुक्ति साह , बिजय मंडल लगायत सम्पुर्ण नेता कार्यकर्ताको उपस्थितिमा सम्पन भएको थियो । कार्यक्रम संचालन युबा नेता रुपेश बिराजिले गरेको थियो ।