नरेशचन्द्र बरबरिया ,सिरहा ,फागुन ९ गते । महाशिवरात्रीको शुभ अवसरमा आज सिरहा नगरपालिकाको वडा न.१७ खैरटोका भन्सार नजिकै रहेको भोला बाबा मन्दिरमा कलश यात्रा निकालिएको छ ।
श्री श्री श्री १०८ श्री भोला बाबा युवा कमिटी खैरटोका द्वारा आयोजना गरिएको कलश यात्रामा वृद्ध,महिला,युवती लगायत बुद्धिजिवी,युवा,स्थानीयहरुको सहभागीमा उक्त कलश यात्रा निकालिएको जिल्ला भन्सार कार्यालयका कर्मचारी किशुनदेव यादवले जानकारी दिए ।
कलश यात्रा खैरटोका भन्सार देखि लचका टोल, पटेर्वा ,कोरयानी ,हुँदै पुनः खैरटोका भन्सारमा पुगेको थियो उक्त कलश यात्रामा जम्मा ६० कलश रहेको थियो ।
कलश यात्राको साथ साथै २४ घन्टा सम्म अष्टजाम जारी रहेको छ ।