कोरोना प्रभावित गरिब परिवारलाई डाक्टर र समाज सेबिको राहत

 संवाददाता    २८ बैशाख २०७७, आईतवार १०:३०     181 जनाले पढ़िसके


महेश सिंह सिरहा २८ बैशाख – कोरोनाक कहरको मारमा परेको लहान नगर पालिका वडा नम्बर १०,१४,२४ का गरिब असाहाई ,अपाङ्ग ,ज्याला मजदुरी गर्ने परिवारलाई श्रेया पोलिकिल्निक की संचालिका डाक्टर सुशीला सिंहको आर्थिक सहयोग र नेपाल परिवार दल पार्टीका आर्थिक सहयोगमा समाज सेबि तथा महिला अधिकारकर्मी रिता महतो विशेष पहलमा राहत वितरण भएका छन । राहतमा प्रति घर घुरी परिवार १० किलो चामल २ किलो भुजा ,२ किलो आलु ,१ किलो दाल ,१ प्याकेट नुन १ पोका खाने तेल ,आधा किलो मटर बिपन्न परिवार गरी जम्मा ३३ घर धुरिलाई राहत बाडेका छन् । राहतका आशमा बसेका अतिबिपन्न परिवार पबन पासमानले रिता महतो र हेल्फ मधेसी भन्ने युवाहरुको संस्थाले नेपालमा बिपतमा परेका युवाहरूका लागी आर्थिक सहयोग गर्ने गरेको छ् । उक्त युवाहरुको संन्जालले नेपालीको विभिन्न ठाँउ र जिल्लाका नेपाली मधेसि युवाहरुको संस्था हो । हेल्फ मधेसी नामको संगठनले कुनै किसिमको बिपतमा परेको ब्यक्तीहरुको आर्थिक सहयोगको लागि तत्पर रहेको समाज सेबि महतोले बताउनु भयो । यता समाज सेबि रिता मानव सेवाको लागी अहोरात खटने गरेको छ । अर्की डाक्टर शुशिला सिंहले मानव रकक्षा नै सब भन्दा ठुलो धर्म हो , लहान नगर पालिका २४ मा एक ब्योबृधलाई राहत दिन गाउँ पुगे थिए ब्योबृधको अबस्थाहेरे केहि आर्थिक सहयोग पनि गरेका थिए अर्का युवा मो . नईम ले समेत खाना पानको लागि सहयोग गरेका थिए । वृद्ध महिला ९० बर्ष कि छि अर्का घरमा बिघत ८ बर्ष बास बने गरेको छ।