सिमानाकामा कडाई,भारी मात्रामा लागुऔषध सहित तस्कर पक्राउ

 संवाददाता    ४ जेष्ठ २०७७, आईतवार १४:११     21 जनाले पढ़िसके


सिरहा । ०४ जेठ । नेपाल भारतको सिमानाका सिल रहेको वखत एक जना भारी मात्रामा लागुऔषध सहित सिरहाबाट पक्राउ परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले आज बिहान एक युवकलाई पक्राउ गरिएको छ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका १५ बाट लागुऔषधसहित सिरहाको मिर्चैया नगरपालिका–५ निवासी ३५ वर्षीय आमोद भन्ने विजयकुमार यादवलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले दिएको जानकारी अनुसार स २ प ८५२६ नंको मोटरसाइकललाई जाँच गर्दा लागुऔषध कोरेक्स ११ बोतल, नाइट्रोभेट ७० थान बरामद भएपछि यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

पक्राउ परेका यादव केहि दिन पहिला मिर्चैया नगरपालिकाले गरेको राहत वितरणमा होहल्ला गर्नुको साथै झैझगडा समेत गरेको थियो पटक पटक अपराधिक गतिविधिमा संलगनमा यादव पर्दै गरेको हो ।