जसपाद्धारा लहान नगरपालिका – २४ मा रक्तदान

 संवाददाता    १० जेष्ठ २०७७, शनिबार १२:२०     110 जनाले पढ़िसके


संजय विश्वकर्मा लहान १० , जेष्ठ । महामारीको बेला रगतको आभाव हुन थालेपछी सिरहाको लहान नगरपालिका वडा नम्बर – २४ गोबिन्दपुरमा रक्तदान भएको छ । नेपाल रेडक्रस सोसाईटी शाखा लहानको सहयोग र जनता समाजबादी पार्टी लहान नगर समिति तथा वडा समिति– २४ को आयोजनामा रक्तदान भएको जसपाका युवा नेता राम चलितर महतोले जानकारी दिनुभयो ।
जनता समाजबादी पार्टीका युवा नेता मनोज कुमार यादब , बलिराम यादब, संजय यादब , लगनलाल पासवान , संजय कुमार साह , राम चलितर दास , नागेश्वर यादब , संतोष शर्मा लगायत ४० जना जनता सामाजबादी पार्टीका प्रतिनिधि, समाजसेबी , बिधार्थीहरुले रक्तदान गरेका थिए ।
जनता समाजबादी पार्टीका क्षेत्र नम्बर– १ (क) का अध्यक्ष शितल कुमार साहको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको थियो । रक्तदान कार्यक्रम पश्चात पार्टीको गतिबिधिबारे समिक्षा तथा छलफल समेत भएको बुझिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका सभापती दिनेश्वर प्रसाद गुप्ता , पार्टीका नेता भरत साह , अस्थायी प्रहरी पोष्ट पक्कीटोलका असई मो. सदरे आलम लगायतको सहभागिता रहेको थियो ।