दुई सय क्बिन्टल चामल जोडीद्धय द्धारा अन्नदान , आज फेरी बिपन्न बस्तिमा राहत

 संवाददाता    १२ जेष्ठ २०७७, सोमबार १४:०१     354 जनाले पढ़िसके


संजय विश्वकर्मा लहान १२ , जेष्ठ । नेपालमा लकडाउन भएको दुई महिना भन्दा बढी भएको छ । मजदुर बिपन्न लाई चुल्हो बाल्न समस्या परेको बेला सिरहाको लहानका एक समाजसेबी जेडीले लकडाउन भएको एक साता देखी अन्नदान लाई निरन्तरता दिएको छ । अहिले सम्म दुई सय क्विन्टल चामल , एक हजार लिटर खाने तेल लगायतका समग्री बितरण गरिसकेको समाजसेबी महेश चौधरीले बताउनुभयो ।
आफनो निजि लगानी र लहानका केही मनकारीहरुको बिशेष सहयोगबाट राहत बितरण गरिरहेको सामाजिक अभियान्ता चौधरीले बताउनु भयो । उनिहरु लहान नगरपालिकाका वडा नम्बर – १ देखि –२४ सम्मका बिपन्न परिबारको घरमा अन्नदान गर्न पुगेको सामाजसेबी चौधरीका श्रीमती संगिता कर्मचार्यले बताए ।

करिब दुई हजार बिपन्न परिवारलाई प्रति परिवार १० किलो चामल , १ किलो नुन , आधा लिटर खानेतेल , स्वाबिन लगायतका दैनिक उपभेग्य सामग्रीहरु दान गरेको जोडीद्धयले बताए । उनिहरुका तिन छोरा छोरी मध्ये एक छोरा र एक छोरी अमेरीकामा छ भने एक छोरो अष्ट्रेलीयामा छन ।

छोरा छोरी लगायत मनकारीहरुको बिषेश सहयोगले आफु सामाजसेवा गरिरहेको चौधरीको कथन रहेको थियो । ‘मानबसेवा गर्नु नै ठुलो धर्म हो भन्ने मुख्य अभिप्रायका साथ राहत बितरण गरिहरेको उनिहरु बताउँछन । नगर भित्रका कोई बिपन्नलाई चामलको कमी भएको खण्डमा सिधा हामी दुई जोडीलाई सम्झिन उनिहरुले आग्रह गर्दै आईरहेका छन । महेश र संगिताले गरिरहेको कार्यको जिल्लाबसीले प्रसंसा समेत गरेका छन ।
यसैबिच आज सोमबार सिरहाको लहान नगरपालिका वडा नम्बर –२३ मा ५० घर बिपन्न परिबारलाई राहत बितरण गरेको छ । गाढा टोलका मल्लिक , सदा , चौधरी लगायतका बिपन्न परिवार मजदुरहरुलाई राहत दिईएको हो । हिजो आईतवार वडा नम्बर– १२ जटीयाही टोलका ३५ घरपरिबार बिपन्नहरुलाई राहत दिईएको थियो । राहतमा प्रतिपरिबार १० किलो चामल , १ किलो नुन , आधा लिटर खानेतेल , एक पाउ स्वाबिन लगायतको राहत सामग्री दिईएको उनिहरुले जनाए । अ
आफनो निजि लगानी र मनकारीहरुको सहयोग मार्फत निरन्तर राहत बितरण गरेको भन्दै आज उनिहरु सम्मानित भएको छ । नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापती दिनेश्वर प्रसाद गुप्ताका आमा वुवाबाट उनिहरु सम्मानित भएको हो । अन्दाजी ७३ बर्षिय प्रमेश्वर साहु बनीया र ७० बर्षिय पार्बती देबी बनिया बाट जाडीद्धय सम्मानित भएको उनका कान्छो छोरा (पत्रकार) बिरेन्द्र प्रसाद नेपालले जनाए । गम्छा ओढाएर उनिहरुले जोडीद्धयलाई सम्मान गरेको थियो ।