सिरहाको भगवानपुर गाउँ पालिकामा राष्ट्रिय खोप तालिमको सेवा लिन बिरामीको चाप

 संवाददाता    ३१ श्रावण २०७७, शनिबार ११:०४     77 जनाले पढ़िसके


महेश सिंह सिरहा ३१ श्रावण – नेपाल सरकार द्धरा संचालित रहेको राष्ट्रिय खोप तालिमको खोपको सेवा लिन हजारौं जना लभाम्बित भएका छन्।सिरहाको भगवानपुर गाउँ पालिकामा राष्ट्रिय खोप तालिम मासिक रूपमा संचालनमा रहेको छ । भगवानपुर गाउँ पालिका वडा नम्बर १ स्थित रहेको प्राथमिक स्वास्थ केन्द्रमा प्रत्येक महिनाको २२,२३,र २६ गते खोप लगाउने गरेको प्राथमिक स्वास्थ केन्द्रका इन्चार्ज राजेश यादव ले जानकारी दिनु भयो । उक्त खोप गर्भवती महिला बाट जन्मे देखि १५ महिना सम्मको लगाउने गरेको छ । यो ५ दिने पुर्ण निशुल्क नियमित खोप कार्यक्रम हो । उक्त खोप कार्यक्रम देशको सबै जिल्लामा चलिरहेको यादवले बताए । गर्भवती महिला र बालबालिकाहरुमा १३ प्रकारका चमर रोग लागन न दिन सो खोप लगाउने गरेको हो ।