सिरहाको शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख शशी यादवलाई भब्य स्वागत

 संवाददाता    २३ आश्विन २०७७, शुक्रबार ०७:४८     169 जनाले पढ़िसके


नरेश यादव सिरहा,२३ असोज। शिक्षा बिकास तथा समन्वय इकाइ सिरहाको प्रमुख शशी कुमार यादवलाई भब्य सवागत गरेका छ्न । बुधबार कार्यालय भित्र एक कार्यक्रम बीच यादवलाई शिक्षकहरु तथा समन्वय इकाईका कर्मचारी द्वारा अबिर र फुलमाला लगाएर सम्मान सहित स्वागत गरेका हुन । शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालयको (सचिबस्तर ) को निणयानुसार यादवलाई जिम्मेवारी दिने निर्णय भएको थियो । यो भन्दा पुर्व शिक्षा बिकास तथा समान्वय इकाइ बारा जिल्लामा कार्यभार समहालेका यादव जिल्ला भरीको सम्पुर्ण पालिकाहरुमा शिक्षा ऎन बनाउन संयोजकको भुमिका निर्वाह गरेका थिए ।यस्तै दरबन्दी मिलानको काम शुरु गरेको र बेरुजु फर्छ्योटमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको थियो । उक्त स्वागत कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाइकासम्पुर्ण कर्मचारी एवम् शिक्षकहरुमा हरिदेव यादव,संजय यादव,दिपेन्द्र यादव,बिजय के. पी प्रमानन्द यादव ,राज किशोर यादव (प्र .अ.)लगायत कर्मचारीहरुको उपस्थिति रहेको शिक्षक संजय यादवले जानकारी दिए ।