लैंगिक हिंसा विरुद्धको र्याली कार्यक्रम लहानमा सम्पन्न

 संवाददाता    २६ आश्विन २०७७, सोमबार ०४:४९     21 जनाले पढ़िसके


महेश सिंह सिरहा लहान २६ असोज – अन्तराष्ट्रिय बालिका दिवशको अवसरमा सिरहाको लहानमा लैंगिक हिंसा विरुद्धको र्याली कार्यक्रम सम्पन्न भएको छ । केन्द्रिय सरकार ,प्रदेश सरकार र स्थानीय सरकारको ध्यान आकर्षण गराउन र्याली निकालिएको हो।मौनता तोडौ नाराका साथ बलात्कार र लैंगिक हिंसा विरुद्धको राष्टिय अभियान अन्तर्गत लहानमा दोस्रो पटक ओरेकले प्रदर्शन गरेका हुन् । ओरेक नेपालको आयोजना र जनसेवा युथ क्लव र मिथिला सोसल क्लबको सहकार्यमा राममन्दिरबाट निकालिएको र्याली शहिद चौकमा गएर कोण सभामा परिणत गरी कार्यक्रम सम्पन्न गरिएको थियो।पछिल्लो समय अक्टोवर २ अर्थात अशोज १६ गते समेत प्रर्दशन गरेका थिए।र्याली कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियोे। बलत्कार र लैंगिक हिंसा विरुद्धको राष्ट्रिय अभियान अक्टोवर २ देखि डिसेम्बर १० गते सम्म चलिरहने ओरेक नेपाल की कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरी ले जानकारी दिनु भयो । सिरहाका बिभिन्न कार्यक्रम गरी अभियानलाई सफल पार्ने ओरेककी जिल्ला संयोजक ज्योति तिवारीले जानकारी दिनु भयो ।