प्रशासनको निर्देश लाई अटेर गर्दै डरलाग्दो भिडमा लहान नगर पालिकाले गरे मंन्त्री श्रेष्ठ लाई स्वागत

 संवाददाता    ९ कार्तिक २०७७, आईतवार ०६:३६     231 जनाले पढ़िसके


महेश सिंह सिरहा लहान ९ कार्तिक । कोरोना कहरको मध्य नजर गर्दै ,जिल्ला प्रशासन कार्यालय सिरहाले मठ मन्दिरमा भिड भाड नगरी पुजा अर्चना गर्न गराउन आदेशात्मक अनुरोध पछि स्थानीय भने यसपालि घरमै पुजापाठ गर्ने तिर लागेको अवस्था रहदा, रहदै पनी राजनैतिककर्मीहरुको कार्यले बालुमा पानी हालेको जस्तो देखिन्छ । प्रशासनको निर्देश लाई अटेर गर्दै डरलाग्दो भिडभाडका साथ लाहान नगरपालिकाले महिला, बालबालिका एवं ज्येष्ठ नागरिक मन्त्री लिला श्रेष्ठको सम्मान कार्यक्रम सम्पन्न गरेका छन ।फोहोर फाल्ने ट्र्याक्टरमा दलित समुदायको निर्दोष जनसमुदायलाई कोचेर दर्शक बनाईनु दु:खद हो भन्दै लाहान १ का नैनी रामले बताए। रामको अनुसार कोभीड १९ को माहामारीले अक्रान्त भएको बेला दलित समुदायलाई फोहोरको ट्र्याक्टरमा लादेर ल्याउनु नगरप्रमुखको फोहोर राजनीतिको प्रतिक हो। ट्र्याक्टरमा बसेका दर्जनौ द्लित स्थानीयवासी मास्क नलगाएको अवस्था थियो । मंन्त्री स्वागतमा करिब लाखौं स्वागत खर्चिएको देखियो। खर्चको विवरण बुझन खोज्दा लहानको प्रमुख प्रसास्किय अधिकृत को पटक -पटक फोन गर्दा फोन न उठेको अबस्था रहियो । यसरी आफै नियम लगाउने र आफै नियम तोडेपछि सर्वसाधारण अलमल्लमा परेको स्थानीयको भनाई छ। समाजिक दुरीलाई ख्याल नगरी यसरी जमघट गराउनु नगरपालिका र नगरप्रमुखको ठुलो भुल भएको ले स्पस्ट पारे ।