एकल महिला र अधिकार

 संवाददाता    ३ भाद्र २०७८, बिहीबार १४:४६     8 जनाले पढ़िसके


एकल महिला सुरक्षा कोष सन्चालन नियमावली २०७० अनुसार एकल भन्नाले आर्थिक दृस्टीले विपन्न देहायका महिला सम्झनु पर्द्छ। १. सम्बन्ध विच्छेद गरेकी महिला २. विधुवा ३. पैतिस वर्ष पूरा गरेकी अविवाहित महिला ४.पाच वर्ष भन्दा बढी समयदेखी पति वा वेपता भएकी महिला ६.अन्शवण्डा गरि वा मानो छुट्टाइ पति सङ अलग बसेकी महिला जुन २३ मा मनाइदै आएको एकल महिला दिवस मुख्य उदेश्य नै एकल महिला हरु लाई न्याउ दिलाउनु हो र यस अनुच्छेद मा मैले एकल महिला भन्ना ले विधुवा माथी जोड दिएको छु। हामी लाई थाहा भएकै कुरा हो सन्युक्त राष्ट्र संघ ले एकल महिला लाई समाजमा विभेद रहित सम्मानित र हिंसा रहित जीवन जिउनका लागि सश्क्त गराउनु पर्ने मा जोड दिदै आएको छ । एकल महिलाको पीडा हाम्रा सम्मानिय राष्ट्रपति ले पनि राम्रो सङ बुझुनु भएकै हुनु पर्छ।उहाँ एकल महिला का समस्या उठाएको भए,यो वर्ग आभारी हुने थियो। कनै पनि महिला को जन्म सिद्ध अधिकार गुम्नु नहुने वातावरण र एकल महिलाले उतम जीवन यापन गर्न सक्ने अवस्था बनाउनु राज्यको दायित्व हो। एकल महिला बारे आम धारण र व्यवहार मा परिवर्तन आउनु अति जरुरी देखिएको छ ।
यद्यपि एकल महिला का पक्षमा कुनै किसिम को वयवस्था कुनै पनि किसिमको काम भएको छैन ,यो कुरा भन्दा चै हामी विल्कुल गल्त हुन्छौ ।एकल महिला को पति यदि सरकारी जागिर हुनु हुन्थ्यो भने उहाले चै त्यस बापत निवृतिभरण ,बिमा तथा अन्य क्षतिपूर्ति रकर पतिका नाममा रहेको सम्पती पाउने ,कुरा स्पष्ट गरि उल्लेख गरिएको छ। समाजमा विभेद र दुर्व्यवहार को मात्रा घट्दै आएको छ।६० वर्ष पार परेका एकल महिला ले मात्र सामाजिक सुरक्षा भत्ता पाउने नियमलाइ खुकुलो बनाइ सबै उमेरका लाई समेटिएको छ। त्यसपछि मैले यश मा अर्को कुरा महत्वपूर्ण कुरा समावेश गर्न चाहे , २०५८ साल को मुलुकी एनको एघारौं सन्शोधन मा अन्शवण्डा को महल १३ अनुसार एकल महिला ले वा विधुवा ले मृत पतिको सम्प्ती प्राप्त गर्न ३५ वर्ष उमेर पूरा गरेको र सत्मा बसेको हुने पर्ने थियो । पुन: बिहे भएमा पहिलो पतिको सम्प्ती फर्काउनु पर्ने प्रावाधान थियो।तर अहिले वर्तमान स्थिती मा हेर्ने हो भने ,यो वयवस्था पुर्ण रुपले हटाइएको छ।अहिले वर्तमान देवानी सहिता एन २०७४ अन्शवण्डा को२१४ को २ मा विधुवा ले अर्को विवाह गरेमा निजले अन्शवापत पाएको सम्प्ती अघिल्लो पती तर्फका छोरा छोरी भए उनी हरुले पाउँछन् ,नभए आफलै लिन पाउने कानुनु वयवस्था छ।यस्तै गरि एकल महिला ले आफ्नो भागको सम्प्ती बेच्न १६ वर्ष पुगेका छोरा र अविवाहित छोरि को मन्जुरी लिनु पर्ने थियो । हाल यो व्यवस्था लाई पुर्ण रुपमा हटाइएको छ। बिना मन्जुरी आफ्नो अन्श बेच्न पाउँछन्।पहिला एकल महिलाले ६०वर्ष पछि मात्रै भता पाउने व्यवस्था थियो र तर अहिले वर्तमान स्थिती मा हेर्ने हो भने सबै उमेरका एकल महिला ले भता पाई रहेका छन।
अर्को राम्रो परिवर्तन भनेको एकल महिला सामाजिक सुरक्षा कोष स्थापना हुनु हो। वार्षिक एक करोड रुपैया बाट सुरु भएको यस सुरक्षा कोषमा हाल वार्षिक पाच करोड रकम जम्मा भइ सकेको छ।यसबाट सम्बन्ध विच्छेद गरेका ,विधुवा,पैतिस वर्ष सम्म अविवाहित अन्शवण्डा गरि पति सङ अलग भएकी महिला,पनि यसमा सुविधा पाउने उल्लेख गरिएको छ। तसर्थ हामी ले अहिले वर्तमान सन्दर्भ मा हेर्ने हो भने अहिले हेर्ने नजरिया बदिलिएको छ।विधुवा आफ्नो पतिका नाममा जिन्दगी भरी सेतो कपडा लगाउने अवस्था परिवर्तन हुँदै आएको छ।
तथापि कानुन लाई बलियो र प्रभावकारी बनाउन सरकार सचेत हुनु पर्छ। एकल महिला प्रती जसरि समाज मा हेरिन्छ ,कुरितिको विभेद्पुर्ण व्यवहार संस्कार जरा देखि नै उन्मुलन हुनु पर्छ । हामिले हाम्रो समाज मा अनु भव गरेका कुरा हरु हामी सम्क्ष नै छ। धार्मिक ,सान्स्कृतिक ,आर्थिक सामाजिक ,राजनीतिक दृष्टि ले केही एकल महिला पिडित बनिरहेकै छैन भने त्यस्तो अवस्था को अन्त्यका लागि सरकार कठोर बन्नुपर्छ र समाज ले पनि एकल महिला को व्यबहार र सम्मान को लागि एकजुट हुन जरुरी छ ।