निजामति दिवसको अवसर पारेर शहिदनगरमा तीन कर्मचारी पुरस्कार सहित सम्मान

 संवाददाता    २३ भाद्र २०७८, बुधबार ०३:४५     8 जनाले पढ़िसके


 जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित तीन कर्मचारीलाई पुरस्कार सहित सम्मान गरेका छन् ।

निजामति कर्मचारी दिवसको अवसर पारेर नगरपालिकाभित्रको प्रशासनीय कार्य सम्पादन कुशलपूर्वक निर्वाह गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न प्रसाद यादव (उप सचिव) लाई पुरस्कार सहित सम्मान गरेका हुन् ।

शहिनगर नगरपालिकामा अधिकृत यादव आएपछि प्रशासनीय कार्य सम्पादनको गुणस्तरीयता बढेको भन्दै उनलाई नगद सहित प्रमाण पत्र प्रदान गर्दै मेयर बरबरियाले सम्मान गरेका हुन् । मँगलबार मेयर बरबरियाले अधिकृत यादवलाई ५००० नगद सहित सम्मान पत्र समेत प्रदान गरेका हुन् ।

नगर प्रमुख बरवरियाको प्रमुख आतिथ्यता तथा उपप्रमुख शिला देवी कापरको विशेष उपस्थितीमा आयोजित निजामती सेवा दिवसको अवसरमा आयोजित एक कार्यक्रममा कर्मचारीहरुलाई सम्मान गरेको हो ।

अधिकृत यादवलाई दिर्घसेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो । उनलाई सो पुरस्कार सहित नगद ५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ ।

सोही क्रममा शहिदनगरपालिकामा रहि जनताको सेवा सुविधाका लागि कुशल कार्यसम्पादन गरेका उत्कृष्ट सेवा पुरस्कारबाट वडा सचिव रोहित कुमार साहलाई नगद २००१ रुपैयासहित प्रमाणपत्र प्रदान गरिएको छ ।

स्वास्थय सेवा पुरस्कारबाट स्वास्थ शाखा संयोजक कपिलदेव अधिकारीलाइ नगद ३००० रुपैयाँ पुरस्कार सहित सम्मान पत्र प्रदान गरी सम्मान गरिएको हो ।

सम्मान र पुरस्कार पाएपछि कर्मचारीहरुले कृतज्ञता प्रकट गरेका थिए । यस वर्ष सरकारले ४० जनालाई छनौट गरेपनि स्थानीय तहका कर्मचारीहरुलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएको बेला स्थानीय तहमै उत्कृष्ट गरेको कर्मचारीहरुलाई शहिदनगरले पुरस्कृत गरेको हो ।

स्थानीय तहबाटै पुरस्कृत र सम्मान पाएपछि कर्मचारीहरुले नगर प्रमुख बरबरियाको प्रशँसा गरे । उनीहरुले निरन्तर यस्तो कार्य गरे स्थानीय तहमा कार्यरत अन्य कर्मचारीहरुको समेत हौसला बुलँन्द हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नगरपालिकाका लेखापाल लोक बहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदिप भट्टराई, आईएमएस शाखाका दिलिप महरा, विकेश यादव, समाजिक सुरक्षा शाखाका विष्णुदेव यादव, स्वास्थ शाखाका राम सिकिल यादव, सूचना तथा सँचार (आईटी शाखा) का रामदेव यादव, पोषण शाखाका रुपेश विराजी लगायत ९ वटै वडाका वडासचिव, वडाध्यक्षहरु लगायत महिला स्वयँसेविका तथा सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।